singel post top banner

शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध

अनलाइनखबर अनलाइनखबर
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
११४ पटक हेरिएको
Shares
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध

सारांश

  • काठमाडौं, बैशाख ५ ।
  • शिक्षक महासंघले दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिने भएको छ।
  • महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन्।

काठमाडौं, बैशाख ५ । शिक्षक महासंघले दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिने भएको छ।महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन्।

बिहीबारको सहभागिता उत्साहजनक रहेको भन्दै उनले यसले आन्दोलनका लागि थप ऊर्जा मिलेको बताए। उनले शिक्षक आन्दोलनलाई उग्रता र भड्काउबाट बचाउनुपर्नेमा जोड दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी विजयोन्मुख छौं। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुनु जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ।’

उनले सबैलाई आन्दोलनमा जुट्न आह्वानसमेत गरेका छन्। ‘हामी चार लाख शिक्षक-कर्मचारी र हामीले उठाउने आन्दोलन मात्र हाम्रो हो। यो सत्यलाई मनन गरौं। त्यसैले अनुशासित, संयमित र मर्यादित भएर आन्दोलनमा जुटौं’, उनले थप लेखेका छन्। शिक्षक आन्दोलनले काठमाडौंको माइतीघर बानेश्वर सडकखण्ड दिनभर अस्तव्यस्त हुँदै आएको छ।

उनले केही दिन धैर्यता गरेमो उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। ‘अरु केही दिन धैर्य र मर्यादित भएर लागौं। हाम्रो विजय सुनिश्चित छ’, उनले भनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अनलाइनखबर
अनलाइनखबर
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2