singel post top banner

मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला

अनलाइनखबर अनलाइनखबर
|
सोमबार, माघ ५, २०८२
|
|
१८७ पटक हेरिएको
Shares
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला

सारांश

  • ५ माघ, काठमाडौं ।
  • संघीय राजधानी काठमाडौंको मेयरबाट राजीनामा दिएकै दिन रास्वपा वरिष्ठ नेता बनेका बालेन्द्र शाह मधेश प्रदेशको राजधानी जनकपुर पुगे ।
  • आज जनकपुरमा रास्वपाको चुनावी प्रचार अभियान थालनी छ, जहाँ बालेन पार्टी सभापति रवि लामिछानेसँगै धोतीकुर्ता लगायत मधेशी पहिचान झल्काउने पोशाकमा देखिनेछन् ।

५ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंको मेयरबाट राजीनामा दिएकै दिन रास्वपा वरिष्ठ नेता बनेका बालेन्द्र शाह मधेश प्रदेशको राजधानी जनकपुर पुगे ।

आज जनकपुरमा रास्वपाको चुनावी प्रचार अभियान थालनी छ, जहाँ बालेन पार्टी सभापति रवि लामिछानेसँगै धोतीकुर्ता लगायत मधेशी पहिचान झल्काउने पोशाकमा देखिनेछन् ।

संघीयताविरोधी भनेर यसअघि चर्चा गरिएका बालेन मधेशकै आठमध्ये एक जिल्ला अर्थात् महोत्तरीको एकडारा गाउँको पृष्ठभूमि रहेका नागरिक हुन् । यसै वर्ष बितेका बालेनपिता रामनारायणले आफ्नो परिवारलाई महोत्तरीबाट काठमाडौं लगेका हुन् । बालेनको हुर्काइबढाइ काठमाडौंमै भयो ।

१९ वर्षअघि अर्थात् ०६३ माघ ५ गते शहीद रमेश महतो मधेश आन्दोलनको सुरुवात क्रममा मारिएका थिए । तिनै रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै आफ्नो अभियान थालेका छन् ।

मधेश आन्दोलनकै सम्झना गरिने दिनमा रास्वपाले अभियान थाल्नुको खास कारण छ । तीन वर्षअघिको आम चुनावमा रास्वपाले देशभरि लहरको संकेत ल्याउँदै गर्दा मधेशमा भने फिटिक्कै प्रभाव पार्न सकेको थिएन ।

झन्डै ३४ लाख मतदाता रहेको मधेशबाट रास्वपाले जम्मा एक लाख सात हजार मतमात्रै पाउन सकेको थियो । पहाडी मतदातामा रास्वपाले प्रभाव जमाउँदै गर्दा मधेशमा सीके राउतको जनमत र रेशम चौधरीको नाउपाले प्रभाव पार्दै थियो ।

यसपल्ट भने रास्वपाले जनघनत्वको हिसाबले सबैभन्दा बढी मतदाता रहेको मधेश प्रदेशबाट आफ्नो अभियान थाल्दै छ । यसलाई रास्वपाको मधेश आन्दोलन, संघीयताप्रति अपनत्व ल्याउने प्रयास र चुनावी जितको रणनीतिक आकलनका रुपमा बुझ्न सकिन्छ ।

तर यसअघि रास्वपाले प्रदेश संरचनालाई नाममात्रैमा सीमित राख्न खोजेको, प्रदेश सभा खारेज गरेर मुख्यमन्त्री नेतृत्वको कार्यकारी सरकारमात्रै राख्ने नीति लिएको जस्ता विगतले अझै पनि मतदाता फकाउन सजिलो हुने छैन ।

जानकी मन्दिरमा पूजा अर्चना गरेर अभियान थालेका बालेनले मधेशका युवाहरुको साथ पाएका छन् ।

विगतमा मधेश आन्दोलनमा लागेका नेताहरु मधेशवादी दलमा लागेर छिन्नभिन्न भइसकेको, मतदाताले उनीहरुमाथि प्रश्न उठाइरहेको अवस्थामा बालेनको मधेशयात्रा महत्वपूर्ण अर्थ राख्छ ।

रास्वपा केन्द्रीय सदस्य शिव यादवका अनुसार, बालेनको मधेश यात्राले मधेश आन्दोलनको अपनत्व लिएको छ । ‘बालेनले  संघीयता, समावेशीतालाई स्पष्ट स्वीकार गरेको सन्देश यो यात्राबाट प्राप्त भएको छ,’ यादव भन्छन्, ‘उहाँको अबको राजनीतिक यात्रा प्रगतिशील बाटोबाट अघि बढाउन तत्पर रहेको, पार्टी पनि त्यसै बाटोमा जाने हामीले बुझेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अनलाइनखबर
अनलाइनखबर
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2